दोस्रो तहका नेताहरुको सक्रियताका कारण सहमति नजिक पुगेको भनिएको नेकपा एमालेको विवाद फेरि बल्झिन खोजेको छ । एमालेको संस्थापन पक्ष र माधव नेपाल पक्ष दुवैले सहमतिका लागि एक अर्को बाधक भएको आरोप लगाएका छन् ।
सहमतिका लागि दोस्रो तहका नेताहरुले प्रयास गरेपनि कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षर फिर्ता गर्ने नगर्ने विषयमा अहिले कुरो अड्किएको छ । देउवाको पक्षमा गरिएको हस्ताक्षर फिर्तालाई संस्थापन पक्षले प्रमुख शर्त बनाएको छ ।
प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमाथिको अन्तिम सुनुवाई हुने दिन...