काठमाडौं : रामबाबु गुरुङको निर्देशनमा बनेको नेपाली फिल्म 'कबड्डी ४ः द फाइनल म्याच' माथि मुद्दा दायर भएको छ। फिल्ममा बौद्ध धर्म र भिक्षु (लामा)को गलत व्याख्या गरिएको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा मुद्दा दायर भएको हो। सिन्धुपाल्चोक लिसंखुपाखर स्थाई घर भइ हाल काठमाडौंमै बस्दै आएका ३९ वर्षीय रोविनकुमार लामाले कबड्डी ४ माथि मुद्दा हालेका हुन्। फिल्ममा बौद्ध धर्म, बौद्ध भिक्षु र सिद्धान्तमाथि नै आँच आउने किसिमले कथा प्रस्तुत गरिएको आरोप लामाले लगाएका छन्। ला