नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफ्नो पार्टीले संसदलाई पाँच वर्ष स्थिर राख्ने विषय घोषणापत्रमै उल्लेख गरेको बताएका छन् । घोषणापत्रमै संसद् विघटन नगर्ने प्रतिवद्धता समावेश रहेको भन्दै शर्माले घोषणापत्र निरन्तरतामा नवीनता रहेको दाबी गरे । घोषणापत्रले सम्पूर्ण क्षेत्रका मानिसको माग सम्बोधन गरेको उनले बताए । घोषणापत्र सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री शर्माले भने-'हामीले आम मानिसलाई केन्द्रमा राखेर घोषणापत्र बनाएका छौं । खेलाडी, अपांगता भएका, साहित्य, सिनेमा,