मिटरब्याज पीडितको गुनासो :  सिंहदरबारको कानैमा आएर भन्दा पनि कसैले सुनेन !

नवलपरासी जिल्ला, सुस्ता गाउँपालिकाका – २ पनारा बजारका राम शुभक गुप्ताले २०६८ सालदेखि २०७० सालसम्म गाउँको जगदिश बानियाँ र सुनिल बानियाँसँग घरायसी कामकाजका लागि जग्गा धितो राखेर ४ लाख, २ लाख र १ लाख रुपैयाँ गरी ३ पटकमा ७ लाख रुपैयाँ ऋण लिनुभयो ।  यही बीचमा उहाँले जग्गा बेचेर ७ लाख रुपैयाँको सावाँ ब्याज गरेर १५ लाख १५ हजार रुपैयाँ तिर्नुभयो । तर, ७ लाखको १५ लाख रुपैयाँ तिरिसक्दा पनि बानियाँ दाजुभाइले ऋण चुक्ताको कागज दिएनन् । उहाँले पटक पटक तमसुक माग्दा अझै ३२ लाख रुपैयाँ तिर्न बाँकी छ भनेर बान...

सम्बन्धित सामग्री

गृहमन्त्रालयका प्रतिनिधिसँग मिटरब्याज पीडितको गुनासो- सरकारले हाम्रो पीडा सुनेन

काठमाडौँ- मिटरब्याज पीडित र गृहमन्त्रालयका प्रतिनिधिबीच शुक्रबार छलफल भएको छ। शान्तिवाटिकामा भएको भेटमा मिटरब्याज पीडितले सरकारले आफ्ना पीडा नसुनेको गुनासो गरेका थिए। पीडितले गृहमन्त्रालयका प्रतिनिधिलाई शान्तिबाटिकामा छलफलका लागि बोलाएका हुन्। मन्त्रालयका प्रतिनिधिले पीडितहरूसँग विवरण मागेका छन्। मिटरब्याज तथा ठगीविरुद्ध किसान-मजदुर संघर्ष समितिले राज्यबाटै आफूहरूको आन्दोलन भड्काउने, उत्तेजित पार्ने काम गरेको आरोप लगाएको छ। गत सोमबार […]