चितवन – भारतबाट भन्सार छलेर ल्याइएकाे दुई टन माछा स्थानीय प्रशासनले नष्ट गरेको छ । आज मङ्गलवार बिहान २ बजे रुपन्देहीबाट काठमाण्डाैका लागि लैजाँदै गरेको माछा पशु क्वारेन्टाइन चेक पोस्ट रामनगरले नियन्त्रणमा लिएको थियो ।
पशु क्वारेन्टिन रामनगर, मत्स्य व्यवसायी सङ्घ चितवन र जिल्ला प्रशासन कार्यालय चितवनको संयुक्त जाँचका क्रममा माछा बरामद गरेर नष्ट गरिएको हो । माछा भरतपुर महानगरपालिका १ मा रहेको सतनचुली सामुदायिक वनमा नष्ट गरिएको हो । प्रमुख जिल्ला अधिकारी अस्मान तामाङका अनुसार भन्सार छलेर ल्याइएको माछा नियन्त्रणमा लिएर ...