प्रचण्डलाई लेखराजले भने– 'पूर्वमाओवादी एक हुनुपर्ने हो भने माधव कमरेडलाई यता पठाइदिनुस् न त'

ओली पक्षमा लागेका पूर्व माओवादी खेमाका नेता एवं उद्योग मन्त्री लेखराज भट्टले अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' दृष्टिविहीन र चिन्तनबिहीन बनेको आरोप लगाएका छन् । सुदूरपश्चिम प्रदेशका ओली पक्षीय नेता-कार्यकर्तालाई बबरमहलस्थित एक पार्टी प्यालेसमा बुधवार सम्बोधन गर्दै मन्त्री भट्टले प्रचण्डले राति सुत्दा पनि प्रधानमन्त्री पद देख्ने गरेको आरोप समेत लगाए । 'राति सुत्दा पनि प्रधानमन्त्री देख्नुहुन्छ प्रचण्डले,' भट्टले भने, 'प्रधानमन्त्री अहिल्यै चाहियो भन्ने छ ।' उनले पूर्व माओवादीहरू एक हुनुपर्छ भन्ने तर्कको समेत खण्डन...