काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काठमाडौं र भरतपुरमा गठबन्धनका मेयर पदका उम्मेदवारलाई गलत ढंगले चित्रण गरिएको भन्दै आपत्ति जनाएका छन्। सत्ता गठबन्धनले काठमाडौंमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले भरतपुरमा रेनु दाहाललाई आफ्नो छोरी र काठमाडौंमा सिर्जना सिंहलाई प्रकाशमान सिंहकी श्रीमतीका रुपमा आलोचना गरिएकोप्रति विरोध गरेका हुन्। ‘केही मान्छेले कसैलाई छोरी र श्रीमती रुपमा प्रचार गरेर महिलाको क्षमता अवमूल्यन गरेका छन् । त्यो प्रयासको म म