छ वर्षदेखि सडक निर्माण अलपत्र हुँदा व्यवसायी विस्थापित

लुम्बिनी – बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्मको तीन दशमलव पाँच किलोमिटर सडक विस्तारको काम थालिएको छ वर्ष भयो । राजमार्ग विस्तारका लागि आसपासका घर भत्काइयो तर सडक विस्तारको काममा खासै उपलब्धि भएन । सडक विस्तारका लागि घर भत्काउन थालेपछि बुटवलको मुख्य व्यावसायिक केन्द्र ट्राफिक चोकमा ‘फेन्सी’ पसल गर्दै आएका वासुदेव बस्याल पसल बन्द गरेर विस्थापित भए […]