आवश्यक सफ्टवेयर विकास र डकुमेन्ट डिजिटाइज नहुँदा प्रभावकारी भएन एकल बिन्दु सेवा केन्द्र

एकल बिन्दु सेवा केन्द्रका लागि आवश्यक सफ्टवेयर विकास नहुँदा सेवा प्रवाह प्रभावकारी नभएको महालेखाले जनाएको छ । ६० औं वार्षिक प्रतिवेदनमा महालेखापरीक्षकको कार्यालयले एकल बिन्दु सेवा केन्द्र स्थापना भएपनि क्षेत्रगत रूपमा पूर्ण अटोमेसनमा लैजान आवश्यक सफ्टवेयर विकास र डकुमेन्ट डिजिटाइजेसन नभएको तथ्य बाहिर ल्याएको हो । ‘एकल बिन्दु सेवा केन्द्र स्थापना भए तापनि संगठन...