खोरकाे फलामे डन्डी बङ्ग्याएर भाग्यो बाघ !

बाँके – बाँके राष्ट्रिय निकुञ्जको खोरमा राखिएको पाटेबाघ भागेको छ । बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहका अनुसार खोरमा फलामे डण्डीको पाता बङ्गाएर बाघ जङ्गलतर्फ गएको छ ।बर्दियामा मानिसमाथि एकपछि अर्को गरी आक्रमण भएपछि नियन्त्रणमा लिइएको बाघ केही दिन पहिले बाँके राष्ट्रिय निकुञ्जमा ल्याएर खोरमा राखिएको हो । चैत ५ गते खाता जैविक मार्ग बर्दियाबाट नियन्त्रणमा लिइएको बाघ डिभिजन वन कार्यालय बर्दियाले त्यही दिन बेलुका निकुञ्जमा ल्याएको हो । त्याे बाघलाई निकुञ्जको खैरी पोस्टकाे खोरमा विशेष निगरानीक...

सम्बन्धित सामग्री

खोर भत्काएर भाग्यो बाघ

बर्दिया राष्ट्रिय निकुञ्जले नियन्त्रणमा लिएर बाँके निकुञ्जस्थित खोरमा थुनेको बाघ भागेको छ । गत चैत ५ गते नियन्त्रणमा लिई बाँके निकुञ्जको खैरी पोस्टको टाइगर होल्डिङ सेन्टर (उद्धार केन्द्र) मा थुनिएको बाघ मंगलबार बिहान फलामे डन्डी भाँचेर भागेको हो ।