भारतीय मुद्राको कारोबार गर्ने एजेन्टले खरिद बिक्री दुबैको सुविधा पाउने

नेपाल राष्ट्र बैंकले विदेशी विनिमय सम्बन्धि नयाँ व्यवस्था गरेको छ । नेपाल राष्ट्र बैंक, विदेशी विनिमय व्यवस्था विभागले विदेशी विनिमय इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ संशोधन गर्दै भारती मुद्राको कारोबार गर्ने एजेन्टलाई भारुको खरिद तथा बिक्री दुबैको सुविधा दिएको हो । विनियमावलीको परिच्छेद–३ को मनिचेञ्जरको काम, कर्तव्य सम्बन्धि बुँदा १० मा सो सम्बन्धि व्यवस्था गर्दै बैंकले यस्तो सुविधा दिएको हो । परिच्छेद ३ को १० को १ (क) मा भारतीय रुपैयाँको कारोबार गर्न इजाजतपत्र प्राप्त कम्पनीले

सम्बन्धित सामग्री

भारुको कारोबार नहुँदा व्यापार व्यवसायमा असर

सीमा क्षेत्रका सहरमा रु एकसयभन्दा बढी दरका भारतीय मुद्राको कारोबार नहुँदा व्यापारिक कारोबारमा प्रतिकूल असर पुगेको छ । नेपाली बजारमा भारतीय मुद्राको कारोबार रोकिँदा आर्थिक कारोबारमा समस्या भइरहेको धनगढीका व्यापारी सुभाश चौधरीले बताउनुभयो । “नेपाल राष्ट्र बैंकले रु एकसय भन्दा बढी दरको भारु नोटको कारोबार नगर्न भनेको छ,” चौधरीले भन्नुभयो, “कुनै पनि ग्राहकले भारु नोट …

राष्ट्र बैंकको बदलिएको भूमिका

देशको केन्द्रीय बैंक, नेपाल राष्ट्र बैंक स्थापना भएको ६३ वर्ष पूरा भएको छ । २०१३ सालमा केन्द्रीय बैंक स्थापना हुँदा यसका पछाडि मुख्य दायित्व थियो, भारतीय मुद्राको कारोबार विस्थापन गरेर आफ्नै मौद्रिक प्रणाली स्थापना गर्नु ।