गोरखामा ट्र्याक्टर दुर्घटना, एक जनाको मृत्यु

जिल्लाको पालुङटार नगरपालिका–९ स्थित बिर्दीमा खेत जोत्ने क्रममा ट्र्याक्टर दुर्घटना हुँदा सोही ठाउँका ६० वर्षीय जगबहादुर बानियाँको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए।