काठमाडौं- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी झापा जिल्ला संयोजक राजु आचार्यले शनिबार पार्टी छाडेको घोषणा गरेका छन् । आचार्यले सामाजिक सञ्जालमा आफ्ना भनाइ राख्दै नेकपा परित्याग गरेको घोषणा गरेका हुन् । ‘प्रचण्डको पार्टी आजको मितिबाट मैले छोडेको जानकारी गराउँछु,’ उनले भनेका छन्, ‘यो पार्टीसँगको २७ वर्ष लामो यात्रा आजैबाट अन्त्य भएको छ ।’ […]