काठमाडौँ। पब्लिकेसन नेपालयले नयाँ पुस्ताका ७५ लेखकका रचना प्रकाशन गर्दै छ। २५ वर्षमुनिका २५ कथाकार, २५ कवि र २५ निबन्धकार नेपालयबाट छापिन लागेका हुन्। नेपालयले सन् २०२५ को पहिलो दिन १ जनवरीमा लेख-रचनाका लागि खुला आह्वान गरेको थियो। ‘२०२५ मा २५ का २५’ शीर्षक दिइएको खुला आह्वानमा सोचेभन्दा धेरै लेखरचना प्राप्त भएको नेपालयले जनाएको छ। […]