क्वालालम्पुर– चीनले मङ्गलबार दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्गठन (आसियान) सँग स्वतन्त्र व्यापार सम्झौताको विस्तारित संस्करणमा हस्ताक्षर गर्दै आफूलाई अमेरिकी संरक्षणवादी नीतिको विकल्पका रूपमा प्रस्तुत गरेको छ । चिनियाँ प्रधानमन्त्री ली किआङले आसियान–चीन शिखर सम्मेलनमा विश्वव्यापी आर्थिक अनिश्चितता पार गर्न घनिष्ठ सहकार्यको आवश्यकता औँल्याए र ‘एकताको सट्टा टकरावले कसैलाई फाइदा नहुने’ बताए । ‘एकता नै शक्ति हो’, […]