अमेरिकी मध्यावधि चुनाव हुनुभन्दा एक हप्ता अघि राष्ट्रपति डोनाल्ड ट्रम्पले मतदाता धाँधलीको सूचना दिएर कसैलाई पक्राउ र दोषि ठहर गराउन सहयोग गर्ने जोकोहीलाई १० लाख अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेका छन्। विभिन्न जनमत सर्वेक्षणहरूले यो चुनाव उनको रिपब्लिकन पार्टीका लागि चुनौतीपूर्ण हुनसक्ने देखाएका छन्। ट्रम्प प्रशासनले पछिल्लो समय निर्वाचन निगरानीमा थप आक्रामक रणनीति अपनाएको […]