काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण खेल्न बंगलादेशका स्टार अलराउन्डर तथा पूर्वकप्तान शाकिब अल हसन नेपाल आइपुगेका छन्। उनी एनपीएलको फ्रेन्चाइज टोली पोखरा एभेन्जर्सबाट खेल्दैछन्। ‘द बङ्गाल टाइगर’ को उपनामले परिचित शाकिब आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। विमानस्थलमा उनलाई पोखरा एभेन्जर्सका लगानीकर्ता तथा अफिसियलले स्वागत गरेका छन्। विश्व क्रिकेटमा आफ्नो […]