चालु आर्थिक वर्ष समाप्त हुन केही दिन मात्र बाँकी रहँदा सरकारी बजेट कार्यान्वयनको अवस्था असन्तुलित देखिएको छ । सरकारको नियमित प्रशासनिक खर्च, तलबभत्ता तथा ऋणको सावाँ–ब्याज भुक्तानी राम्रै भएको देखिए पनि पूँजीगत खर्च भने अत्यन्त कमजोर अवस्थामा रहेको तथ्यांकले देखाएको छ । महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको आइतवारसम्मको दैनिक बजेटरी तुलनात्मक तथ्यांकअनुसार सरकारले कुल बजेट […]