नेपाल बीमा प्राधिकरणले आफ्नो ५८औं वार्षिकोत्सव विशेष कार्यक्रम आयोजना गरी मनाएको छ। कुपण्डोलस्थित प्राधिकरणको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बीमा क्षेत्रको सुधार, बीमित हित संरक्षण र डिजिटल रूपान्तरणका विषयमा जोड दिइएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै प्राधिकरणकी अध्यक्ष चन्द्रकला पौडेलले बीमा क्षेत्रको विकास तथा पहुँच विस्तारका लागि नीतिगत सुधार आवश्यक रहेको बताइन्। उनले बीमितको हित सुरक्षा, समयमै […]