२१ फागुनको प्रतिनिधिसभा चुनावमा चितवन जिल्ला विशेष चर्चामा छ। चितवनका अरू क्षेत्रभन्दा २ नम्बर क्षेत्रलाई सबैले चासोका साथ हेरेका छन्। त्यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने तेस्रो पटक उम्मेदवार बनेका छन् भने उनलाई नेपाली कांग्रेसकी उम्मेदवार मीनाकुमारी खरेलले चुनौती दिएकी छन्। लामिछानेले चितवन २ बाट तेस्रो पटक पनि जित्ने दाबी गरेका छन्। […]