बझाङ : छविस पाथिभेरा गाउँपालिकामा नेकपा एमालेले मतगणना रोकेर विवाद भएको स्थानको मतदान फेरि गर्नुपर्ने माग राख्दै नाराबाजी गरिरहेका छन्। शुक्रवार भएको निर्वाचनमा छविस पाथिभेरा गाउँपालिका वडा नं। ६ को वाटपाली माविको मतदान केन्द्रमा माओवादीका कार्यकर्ताहरूले फर्जी मत हालेको र भारतमा रहेका व्यक्तिको समेत मत हालिदिएको भन्दै एमालेले निर्वाचन बहिष्कार गरेको थियो। उक्त स्थानमा फेरी मतदान गराउनुपर्ने माग गर्दै निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएको थियो। तर, निर्वाचन कार्यालयले ३ घण्टाभि