काठमाडाैं : प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को अवरोधका कारण राष्ट्रिय सभाको बैठक स्थगित भएको छ।बुधवार बसेको राष्ट्रिय सभाको पहिलो बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)ले विरोध जनाएपछि ३० मिनेटको लागि बैठक स्थगित गरिएको थियो।दोस्रो बैठकमा पनि प्रतिपक्षी दलले विरोध जनाएपछि राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकको कार्यसूचीको २ र ३ नम्बरमा रहेको विषयहरु कार्यसूचीबाट हटाएको जानकारी दिदैँ आगामी बैठक भदौँ २५ गते शुक्रवार दिउँसो १ बजे बोलाएका थिए।