पोखरा प्रिमियर लिगः पोखरालाई हराउँदै बुटवल शीर्ष स्थानमा
काठमाडौं । पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटमा आइतबारको दोस्रो खेलमा पनि बुटवल ब्लास्टर जित निकाल्न सफल भएको छ ।
उसले पोखरा पल्टनलाई ३३ हराउँदै लगातार दोस्रो जित निकाल्न सफल भएको हो । ...
काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले नटिङ्घम फरेस्टलाई ५–० गोल अन्तरले हराएको छ ।
गए राति भएको खेलमा आर्सनलले नटिङ्घम फरेस्टलाई फराकिलो अन्तरले हराउँदै अङ्क तालिकाको पहिलो स्थानमा उक्लिएको छ । दोस्रो स्थानको म्यानचेस्टर सिटीसँग दुई अङ्कको अङ्क दूरी बढाउँदै आर्सनल फेरि शीर्ष स्थानमा उक्लिएको हो । शीर्ष स्थानमा रहेको आर्सनलको ३१ अङ्क भएको छ ।
म्यानचेस्टर सिटीको २९ अङ्क छ । आर्सनलको जितमा रेइस नेल्सनले दुई गोल गरे भने गाब्रियल मार्टिनेली, थोमस पार्टी र मार्टिन ओडेगार्डले एक-एक गोल गरे । नटिङ्घम फरेस्ट ९ अङ्क ज...
आर्सनलले लिभरपुललाई हराउँदै इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा आर्सनलले लिभरपुललाई ३–२ गोल अन्तरले पराजित गरेको हो ।
काठमाण्डाै - म्यानचेस्टर सिटी इङ्ग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा पुगेको छ ।
गएराति भएको खेलमा साउथह्याम्प्टनलाई ४–० गोलले हराउँदै सिटी आर्सनललाई पछि पारेर शीर्ष स्थानमा पुगेको हो । सिटीलाई जिताउन क्यानसेलो, फोडेन, महरेज र हालाण्डले गोल गरे । जितसँगै सिटीको २३ अङ्क भएको छ । दोस्रो स्थानको आर्सनलको २१ अङ्क छ ।
गएराति नै भएको खेलमा चेल्सीले उल्भ्सलाई ३– गोलले हरायो । चेल्सी १६ अङ्कसहित चौथो स्थानमा पुगेको छ ।
यस्तै, ह्यारी केनको गोलमा ब्राइटनलाई हराएको टोटनह्याम तेस्रो स्थानमा क...
इङ्ग्लिस प्रिमियर लिग ईपीएलमा ब्रेन्टफोर्डलाई हराउँदै आर्सनल अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
आर्सनलले घरेलु टोलीलाई तीन–शून्यले हराउँदै म्यानचेस्टर सिटीलाई पछि पार्दै शीर्ष स्थानमा उक्लिएको हो । आर्सनलको जितमा विलियम सालिबा, गाब्रिएल जेसस र फाबियो भिइराले एक–एक गोल गरे । जितसँगै आर्सनलले सात खेलबाट १८ अङ्क जोडेको छ । ब्रेन्टफोर्ड भने नौ खेलमा नौ अङ्कसहित नवौँ स्थानमा छ ।
यस्तै ईपीएलकै अर्काे खेलमा अहिले एभर्टन र वेस्ट ह्याम खेलिरहेका छन् ।
इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले लगातार तेस्रो जित निकालेको छ । शनिबार राति भएको खेलमा बर्नेमाउथलाई ३-० गोल अन्तरले हराउँदै आर्सनलले लगातार तेस्रो जित निकालेको हो ।आर्सनललाई जित दिलाउन कप्तान मार्टिन ओडेगार्डले दुई गोल गरे । यस्तै विलियम सालिबाले एक गोल थपे ।यस जितसँगै ३ खेलमा ९ अंक जोडेको आर्सनल शीर्ष स्थानमा उक्लिएको छ भने बर्नेमाउथ ३ अंक जोडेर १४ औं स्थानमा रहेको छ ।
इंग्लिस प्रिमियर लिग फुटबलमा आज भएको पहिलो खेलमा टोटनहम विजयी भएको छ ।
टोटनहमले उल्भ्सलाई १–० गोलले हरायो । उसका लागि खेलको ६४ औं मिनेटमा ह्यारी केनले गोल गरे । ३ खेलमा ७ अंक जोडेको टोटनहम शीर्ष स्थानमा पुगेको छ । उल्भ्स एक अंकसहित १६ औँ स्थानमा छ ।
न्युक्यासललाई १–० गोलअन्तरले हराउँदै लिभरपुल प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार भएको खेलमा लिभरपुललाई जित दिलाउन नेबी केइटाले निर्णायक गोल गरे । उनले खेलको १९औं मिनेटमा गोल गरेका थिए ।प्रिमियर लिग उपाधि होडमा रहेको लिभरपुलले सिटी भन्दा २ अंकको अग्रता बनाएको छ । लिभरपुलले ३४ खेलमा ८२ अंक जोडेको छ । दोस्रो स्थानको सिटीको ३३ खेलबाट ८० अंक छ । पराजित न्युकासल ४३ अंक जोडेर नवौं स्थानमा रहेको छ ।
काठमाडौं : इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। गएराति भएको खेलमा ब्राइटनलाई ३–० ले हराउँदै सिटी शीर्ष स्थानमा उक्लिएको हो।घरेलु मैदानमा सिटीलाई जित दिलाउन रियाद महरेज, फिल फोडेन र बेर्नार्डो सिल्भाले एक एक गोल गरे। खेलको ५३ औं मिनेटमा महरेजले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाएका थिए। ६५ औं मिनेटमा फोडेनले सिटीको अग्रता दोब्बर बनाए। त्यसपछि खेलको ८२ औं मिनेटमा सिल्भाले गोल गर्दै सिटीलाई ३(० को सहज जित दिलाए।जितसँगै सिटीले ३२ खेलमा