काठमाण्डाै – प्रतिनिधि सभा विघटन र संविधानको धारा ७६ को उपधारा ५ अनुसार सरकार गठनसम्बन्धी परेको रिट निवेदनमाथिको शुक्रवार (आज) को सुनुवाइ सकिएको छ । रिट निवेदक पक्षका वकिल र महान्यायाधिवक्ता रमेश बडालबीच विवाद भएपछि प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दाकाे सुनुवाइ आइतवारसम्मका लागि स्थगित भएको हो ।नेकपा एकता बदर गर्ने न्यायाधीश बमकुमार श्रेष्ठलाई संवैधानिक इजलासमा राखिएको भनेर गोविन्द बन्दीलगायत कानुन व्यवसायीले आपत्ति जनाएपछि इजलासमा विवाद भएको थियो । विवादकै बीच शम्भु श्रेष्ठ, रमण श्रेष्ठ, टीका...