नेपालको नवीकरणीय ऊर्जा क्षेत्रमा लगानी गर्न विश्व समुदायलाई उर्जामन्त्री भुषालको आह्वान

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नेपालको नवीकरणीय ऊर्जा क्षेत्रमा लगानी गर्न आह्वान गरेकी छिन् । उनले नवीकरणीय ऊर्जा क्षेत्रमा सहकार्य गरेर आर्थिक लाभ लिन विश्व समुदायलाई आग्रह गरेकी हुन् ।युनाइटेड अरब इमिरेट्सको अबुधावीमा भइरहेको अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जासम्बन्धी संस्था(आइरिना)को १२औँ सम्मेलनलाई आज भुर्चुअल सम्बोधन गर्दै मन्त्री भुसालले कम लागतमा उन्नत, स्वच्छ ऊर्जा उत्पादन बढाउनका लागि नेपाललाई वित्तीय तथा प्राविधिक सहयोग आवश्यक रहेको बताईन् । उनले जलवायु परिवर्तनका असर कम गर्न तथा अनुकूलताका लागि र समावेशीरूपमा ऊर्जा सुनिश्चिताका लागि पनि नवीकरणीय ऊर्जाको विकास गर्नुपर्नेमा जोड दिईन् ।भौगोलिक बनावटका कारण नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेको र जलवायु परिर्वनको संवेदनशीलता जनजीवनमा उच्च रहेको बताउँदै मन्त्री भुसालले कम विकसित मुलुक नेपालले विगत र वर्तमानमा विश्वव्यापी कार्वन खपतमा महत्वपूर्ण योगादन गरेको दाबी गरिन् । उनले भनिन्, “हामीले १.५ डिग्री सेन्टिग्रेट तापक्रमको लक्ष्य पहिचान गरेका छौँ । विश्वका मुलुकहरूले पनि यो लक्ष्य प्राप्तिका लागि महत्वकाङ्क्षी कदमहरू चाल्नुपर्नेछ ।”नवीकरणीय ऊर्जाका क्षेत्रमा विश्वसामु नेपालले दरिलो प्रतिबद्धता व्यक्त गर्दै आएको उल्लेख गर्दै मन्त्री भुसालले सन् १९९६ देखि यस क्षेत्रमा राज्यले वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र (एइपिसी) जस्तो छुट्टै निकाय स्थापना गरेर नवीयकरणीय ऊर्जा प्रवद्र्धनलाई विशेष प्राथमिकता दिएको स्पष्ट पारीन् । उनले भनिन् , “हरित जलवायु कोषबाट आधुनिक, प्रभावकारी एवं जलवायुमैत्री स्वच्छ खाना पकाउने ऊर्जा प्रवद्र्धन लागि २१ मिलियन अमेरिकी डलर अनुदान स्वीकृत भएको छ ।”आगामी सन् २०४५ सम्म नेपाल शून्य कार्वन उत्सर्जन गर्ने मुलुकका रूपमा परिचिरत हुने गरी दीर्घकालीन लक्ष्य प्रस्तुत गरिएको बताउँदै मन्त्री भुसालले अन्तर्राष्टियस्तरमा पनि स्वच्छ ऊर्जा व्यापार गरेर कार्वन उत्सर्जन न्यूनीकरणमा योगदान गरेको जानकारी गराईन् । नेपालमा स्वच्छ ऊर्जाको खानी रहेको उल्लेख गर्दै मन्त्री भुसालले भनिन् , “आर्थिक एवं प्राविधिकरूपमा नेपालमा ४२ हजार मेगावाट जलविद्युत् उत्पादनको  सम्भावना छ । यो नवीकरणीय ऊर्जा हो, वर्षमा ३०० दिन पारिलो हुने भएकाले सौर्य ऊर्जा उत्पादनको सम्भावना पनि छ ।”विद्युतीय सवारीसाधनको प्रयोगलाई नेपालले विशेष प्राथमिकता राखेको उल्लेख गर्दै मन्त्री भुसालले भनिन् , “सन् २०२५ सम्म २५ प्रतिशत निजी सवारीसाधन र २० प्रतिशत चारपाङ्ग्रो सार्वजनिक सवारीसाधन विद्युतीय हुनेछ । त्यसैगरी सन् २०३० सम्ममा त्यसलाई बढाएर ९० प्रतिशत पु¥याउने लक्ष्य लिएका छौँ ।” घरायसी खाना पकाउनका लागि पनि विद्युतीय ऊर्जाको प्रयोगलाई विशेष प्राथमिकतामा राखेको उल्लेख गर्दै उनले सन् २०३० सम्म २५ प्रतिशत घरपरिवारमा स्वच्छ ऊर्जाको प्रयोग गरिने लक्ष्य रहेको बताईन्।देशको आर्थिक विकासका लागि ऊर्जाको महत्वपूर्ण भूमिका हुने बताउँदै मन्त्री भुसालले भनिन् , “कृषि, यातायात, उद्योग र व्यापारिक तथा घरायसी क्षेत्रमा ऊर्जा महत्वपूर्ण छ । यद्यपि नेपालमा परम्परागत ऊर्जाको आयात र प्रयोग भइरहेको छ । जसले देशको व्यापार घाटालाई मात्र बढाएको छैन, वातावरण तथा ऊर्जा सुरक्षामा पनि चुनौती थपेको छ ।” उनले नेपालले सन् २०२० मा  प्रस्तुत गरेको दोस्रो नेशनल्ली डिटरमाइण्ड कन्ट्रिब्युशन (एनडिसी)मा राखेको लक्ष्यअनुसार अर्को दशकमा उत्सर्जन न्यूनीकरण गर्ने र जोखिममा रहेका जनताको क्षमता अभिवृद्धि रहेको जानकारी गराईन् ।सम्मेलनबारे जानकारी दिँदै वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र (एइपिसी)का कार्यकारी निर्देशक डा मधुसुधन अधिकारीले केन्द्र नेपालको फोकल संस्था भएको बताए । उनले आइरिनाले नेपालको नवीकरणीय ऊर्जाको विकासमा पु¥याइरहेको सहयोगको प्रशंसा गरे । डा अधिकारीले नेपालमा आइरिनाले ‘अबुधाबी फण्ड फर डेभलपमेन्ट’ मार्फत नेपालका नगरपालिका तथा व्यावसायिक प्रतिष्ठानबाट निस्कने जैविक फोहरबाट ऊर्जा (बायोग्यास) परियोजनाहरू निर्माणको लागि १० मिलियन अमेरिकी डलर स्वीकृत गरेको बताए । त्यसैगरी नेपालका औधोगिक करिडोरमा सोलार सिटी सिमुलेटर तयार गर्नका लागि पनि सो संस्थाले सहयोग गरिरहेको डा अधिकारीले जानकारी दिए ।‘अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा संस्था(आइरिना) एक अन्तरसरकारी सङ्गठन हो । विभिन्न देशहरूका लागि नवीकरणीय ऊर्जा क्षेत्रसँग सम्बन्धित दिगो ऊर्जाको भविष्य, विशिष्टता केन्द्र, नीतिगत परामर्श, प्रविधि, वित्तीय ज्ञान, क्षमता अभिवृद्धिजस्ता विषयमा सहयोग गर्दछ । युनाइटेड अरब इमिरेट्स् (युएई)को अबुधाबीमा प्रधान कार्यालय रहेको यस संस्थामा विश्वका १८० राष्ट्र आबद्ध रहेका छन् । सन् २००९ को जनवरीमा स्थापना भएको यस संस्थाले प्रमुखरूपमा नवीकरणीय ऊर्जाको स्रोत तथा प्रविधि प्रवद्र्धनमा सहयोग गर्दछ भने आबद्ध सदस्य राष्ट्रको नवीकरणीय ऊर्जाको लक्ष्य हासिलमा सघाउ पु¥याउँछ ।

सम्बन्धित सामग्री

नवीकरणीय ऊर्जा प्रवर्द्धनमा सिद्धार्थ बैंक

सिद्घार्थ बैंक र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र बीच नवीकरणीय ऊर्जा प्रवद्र्धन गर्ने उद्देश्यले कर्जा जोखिम न्यूनीकरण सम्बन्धी सम्झौता भएको छ।...

नवीकरणीय ऊर्जा परियोजना व्यवस्थापनमा जोड

काठमाडौं– सरोकारवालाहरूले नवीकरणीय ऊर्जा परियोजनामा दिगो वित्त र सामाजिक द्वन्द्व व्यवस्थापनमा जोड दिएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) र इन्टरनेसनल सेन्टर फर हाइड्रोपार (आईसीएच) को सहआयोजनामा दुईदिने दीगो वित्तीय उपकरण व्यवस्थापनसम्बन्धी तालिममा सरोकारवालाहरूले सो कुरा बताएका हुन् । असोज २९ र ३० गते आयोजना गरिएको उक्त कार्यक्रममा नवीकरणीय ऊर्जामा काम गरिरहेका २८ […]

नवीकरणीय ऊर्जा प्रविधिको मर्मतसम्भारबाट आम्दानी

काठमाडौँ, ५ असार । गाउँमै आयआर्जनको भरपर्दो बाटो नभएपछि अछाम तुर्माखाद गाउँपालिकाका नरबहादुर नेपालीलाई पनि वैदेशिक रोजगारीमा जाने चाहना भयो । तर यसका लागि आवश्यक रकमको जोहो गर्न नसक्दा उनको चाहना त्यतिकै सीमित बन्यो । गाउँमै केही इलम गर्ने धोको भए पनि उनीसँग कुनै सीप नहुँदा अनुत्पादक रुपमै समय बितिरहेको थियो । कहिलेकाहीँ अवसर भाग्य […]

ईयूले नवीकरणीय ऊर्जा र ऊर्जा सुरक्षालाई प्राथमिकतामा राखेर नेपाललाई सहयोग गर्ने

काठमाण्डाै - युरोपेली सङ्घ (ईयू) ले नेपाललाई प्रदान गर्ने सहयोगका विभिन्न क्षेत्रमध्ये नवीकरणीय ऊर्जा, ऊर्जा सुरक्षा र स्वच्छ ऊर्जामा पहुँचको विषयलाई प्राथमिकतामा राखेको छ । नेपालको एक दिने औपचारिक भ्रमणका क्रममा हिजो काठमाण्डौ आइपुग्नुभएका अन्तर्राष्ट्रिय साझेदारीका लागि युरोपेली सङ्घका आयुक्त युटा उर्पिलाइनेनले नेपालसँगको पुराना साझेदारीलाई निरन्तरता दिँदै नयाँ साझेदारीको कार्यान्वयनमा जोड दिनुभयो । नवीकरणीय ऊर्जाका साथै पानी र सरसफाइ तथा मानव पुँजी विकासलगायतका क्षेत्र प्राथमिकतामा रहेको उहाँले भनाइ छ । उहाँले ...

एनएमबि बैंक र वैकल्पिक ऊर्जाबीच नवीकरणीय ऊर्जा प्रवद्र्धन गर्न सम्झौता

काठमाडौँ – एनएमबि बैंक लिमिटेड र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र केन्द्रीय नवीकरणीय ऊर्जा कोषबीच मधेस प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा नवीकरणीय ऊर्जा क्षेत्रमा लगानी प्रवद्र्धन गर्न दिगो ऊर्जा चुनौती कोष कार्यक्रमअन्तर्गत कर्जा नोक्सानी सुरक्षणसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ। यो कोष बेलायत सरकारको अनुदानमा नेपाल नवीकरणीय ऊर्जा कार्यक्रमको सहयोगमा स्थापना भएको हो। यो […]

लेबनानमा नवीकरणीय ऊर्जा परियोजनाहरूका लागि युरोपेली सङ्घबाट ३७ लाख युरो प्राप्त

बेरुत । लेबनानमा नवीकरणीय ऊर्जा परियोजनाहरूको रकम जुटाउन युरोपेली सङ्घबाट ३७ लाख युरो (करिब ४१ लाख ९० हजार अमेरिकी डलर) प्राप्त गरेको छ । संयुक्त राष्ट्रसङ्घीय औद्योगिक विकास सङ्गठन(यूनिडो) ले बुधबार घोषणा उक्त सहयोगबारे नेशनल न्युज एजेन्सी (एनएनए) ले उल्लेख गरेको छ । लेबनानका उद्योग मन्त्री जर्ज बुचिकियानसँगको आफ्नो बैठकको क्रममा लेबनानका युनिडो प्रतिनिधि इमानुएल […]

लेबनानमा नवीकरणीय ऊर्जा परियोजनाहरूका लागि ३७ लाख यूरो दिने : राष्ट्रसंघ

लेबनानमा नवीकरणीय ऊर्जा परियोजनाहरूको रकम जुटाउन युरोपेली संघबाट ३७ लाख यूरो (करीब ४१ लाख ९० हजार अमेरिकी डलर) प्राप्त गरेको छ । संयुक्त राष्ट्रसंघीय औद्योगिक विकास संगठन(यूनिडो) ले बुधबार घोषणा उक्त सहयोगबारे नेशनल न्यूज एजेन्सी (एनएनए) ले उल्लेख गरेको छ ।  लेबनानका उद्योग मन्त्री जर्ज बुचिकियानसँगको आफ्नो बैठकको क्रममा लेबनानका युनिडो प्रतिनिधि इमानुएल कालेन्जीले नयाँ अनुदानले लेबनानमा औद्योगिक परियोजनाहरूमा नवीकरणीय ऊर्जाको प्रयोग बढाउने बताएको एनएनए) ले अधिकारीलाई उद्धृत गरी  समाचारमा लेखेक...

यस वर्ष नवीकरणीय ऊर्जा जडान कीर्तिमानी स्तरमा पुग्दै

मंसिर १५, पेरिस (फ्रान्स) । यस वर्ष विश्वभर करीब २९० गिगावाट नवीकरणीय ऊर्जा क्षमता जडान हुने क्रममा रहेको छ । यो अहिलेसम्मकै कीर्तिमानी नयाँ जडान हुने पेरिसस्थित ऊर्जा संगठन अन्तरराष्ट्रिय ऊर्जा एजेन्सी (आईईए) ले बताएको छ । सन् २०२६ मा पृथ्विको नवीकरण विजुली जडान क्षमता ४ हजार ८०० गिगावाटमा पुग्ने बुधवार आईईएले सार्वजनिक गरेको नवीकरणीय बजार प्रतिवेदनमा प्रक्षेपण गरिएको छ ।  यो सन् २०२० को स्तरको तुलनामा ६० प्रतिशत धेरै हुनेछ । प्रतिवेदनले क्षमताले जडान गरिएको नवीकरणीय ऊर्जाले उत्पादन गरिरहेको नभएर उत्पादन गर्न सक्ने विजुलीको अधिकतम् क्षमतातर्फ औंल्याएको छ ।  आगामी वर्षहरुमा नवीकरणीय ऊर्जा क्षमताको वृद्धिमा चीन मुख्य चालकको रुपमा रहने आईईएको अनुमान छ । यसलाई पछ्याउने क्रममा यूरोप, अमेरिका र भारत रहने छन् । सन् २०२६ सम्ममा विश्वको ऊर्जा क्षमतामा हुने वृद्धिमा नवीकरणीय ऊर्जाको अनुपात करीब ९५ प्रतिशत हुने अनुमान आईईएको छ । एजेन्सी

नवीकरणीय ऊर्जा प्रवर्द्धन गर्न नयाँ कानुनी प्रस्ताव

काठमाडौँ। नवीकरणीय ऊर्जा प्रवर्द्धनलाई थप प्रभावकारी बनाउने ध्येयले सरकारले नयाँ कानुनी प्रस्ताव गरेको छ । सरकारले हालसम्म वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमार्फत अनुदान तथा प्राविधिक सहायता उपलब्ध गराई कार्यक्रम कार्यान्वयन गराउँदै आएकोमा अब त्यसलाई रूपान्तरण गरेर नवीकरणीय ऊर्जा प्रवर्द्धन केन्द्र बनाउन प्रस्ताव गरेको छ । यसका लागि तालुकदार निकाय ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विधेयकको मस्यौदा […]

नवीकरणीय ऊर्जा अनुदान नीति २०७७ भ्रम र यथार्थ

नवीकरणीय ऊर्जाका विभिन्न स्रोतको प्रवद्र्धन गर्न गराउनको लागि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबाट पेश गरिएको विद्यमान नवीकरणीय ऊर्जा अनुदान नीतिको संशोधन प्रस्ताव २०७७ हाल अर्थ मन्त्रालयमा अध्ययनको क्रममा रहेको छ ।चालू आव २०७७-०७८ को बजेट भाषणमार्फत ५० हजार घरेलु बायोग्यास प्लान्ट निर्माण गर्ने लक्ष्य लिइएता पनि प्रस्तावित अनुदान नीति समयमा नै पारित नहुँदा त्यसको प्रत्यक्ष असर […]