काठमाडौं : विराट कोहलीले शतकीय पारीमा भारतले पाहुना टोली श्रीलंकाविरुद्धको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ६७ रनको जित हात पारेको छ। गुहाटीमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा सात विकेट गुमाएर तीन सय ७३ रन बनायो। ओपनरद्वय रोहित शर्मा र सुभम गिलले एक सय ४३ रनको साझेदारी गरी टिमलाई शानदार सुरुवात दिलाएका थिए। कप्तानसमेत रहेका रोहितले ८३ रनको पारी खेले भने सुभमले ७० रन बनाए। त्यसपछि मैदानमा प्रवेश गरेका कोहलीले ८७ बलमा एक सय १३ रनको शतकीय पारी