सङ्क्रमणकालीन न्यायका लागि रु एक अर्ब ४० करोड विनियोजन

सरकारले सङ्क्रमणकालीन न्यायका बाँकी काम पूरा गर्नका लागि रु एक अर्ब ४० करोड विनियोजन गरेको छ । सरकारले आज प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट)मा सङ्क्रमणकालीन न्याय अवयवहरू सत्य अन्वेषण, न्याय र परिपूरणका लागि रु एक अर्ब ४० करोड विनियोजन गरेको उल्लेख छ ।“शान्ति प्रक्रियाका बाँकी कामहरू सम्पन्न गरिने छ”, बजेटमा भनिएको छ, “लोकतन्त्र प्राप्तिका लागि विभिन्न राजनीतिक आन्दोलन र जनयुद्धमा सहभागी भई महत्वपूर्ण योगदान गर्ने योद्धाहरूलाई लोकतान्त्