एजेन्सी। दीपक चहरको अलाराउन्ड प्रदर्शनप्रेरित भारतले दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा श्रीलंकालाई तीन विकेटले हराएको छ। टस जितेर ब्याटिङ गरेको श्रीलंकाले ९ विकेट गुमाएर २७५ रन बनाएको थियो। श्रीलंकाका चरिथ असलंकाले ६५ र अभिष्का फर्नान्डोले ५० रन बनाए। २७६ रनको लक्ष्य भारतले ४९.१ ओभरमा सात विकेट गुमाएर पूरा गर्यो। भारतका चहरले अविजित ६९ रन बनाउनुका साथै दुई विकेट लिए।