यमन युद्ध : ब्यारेक बने स्कुल‚ विद्यार्थी बालसैन्यमा भर्ती

साना : भोलि सोमवार अर्थात् अगस्ट १ तारिखदेखि यमनमा नयाँ शैक्षिक सत्र शुरु हुँदै छ। यसको मतलब विद्यालयहरू खुल्नेछन्। लाखौं बालबालिका फेरि पढ्न विद्यालय जानुपर्छ।अहँ‚ त्यस्तो अवस्था छैन। विद्यार्थी र शिक्षक यसका लागि उत्साहित छैनन्। उनीहरू चिन्तित छन्। यसको सबैभन्दा ठूलो कारण देशमा जारी द्वन्द्व हो। देशको शिक्षा क्षेत्र पूरै ध्वस्त भएको छ। यमनको शिक्षा प्रणाली युद्धले ध्वस्त भएको छ। विद्यालयहरू भग्नावशेषमा परिणत भएका छन्।बाँकी रहेका विद्यालयमा पढाउने कोही छैनन्। शिक्षकहरूले आफ्नो जागिर छोडेक