काठमाडौं । सरकारले कम्पनी दर्ता र पूँजी वृद्धि गर्दा लाग्ने शुल्क तथा दस्तुर छूट दिने निर्णय गरेको छ । बुधवार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकपछि सरकारकी प्रवक्ता रेखा शर्माले बैठकले कम्पनी दर्ता र पूँजी वृद्धि गर्दा लाग्ने शुल्क तथा दस्तुर छूट तथा परिमार्जनसम्बन्धी सूचना प्रकाशन गर्ने निर्णय गरेको जानकारी दिइन् ।