‘प्रतिपक्ष कसरी चल्छ हेर्दै गरौंला, सत्ता कस्तो चल्छ अब नेपाली जनताले हेर्छन्’

नेपाली कांग्रेसका नेता एवं सांसद मीनेन्द्र रिजालले सत्ता कस्तो चल्छ भन्ने कुरा आगामी दिनमा शेरबहादुर देउवा नेतृत्वको सरकारले देखाउने बताएका छन् ।  संसद्मा प्रधानमन्त्रीले विश्वासको मत लिने प्रस्तावको पक्षमा बोल्दै रिजालले मिलेमतोमा आफ्नो मर्यादा बिर्सेर काम गर्नेहरूलाई नेपालमा संवैधानिक सर्वोच्चता छ भन्ने कुरामा अदालतले सचेत गराएको बताए । रिजालले भने, ‘कांग्रेसले जीतमा शालिनता देखाउँछ, हारलाई सहर्ष स्वीकार्छ । संविधानलाई भत्काउने काममा हिँड्दैन ।’ अहिलेको संविधान सचेत मनले लेखेको र त्यसमा सांसदले स्...