काठमाण्डौ – भक्तपुरमा पहिलो पटक एमआरआई सेवा शुरु भएको छ । मध्यपुरथिमिमा विगत १३ वर्षदेखि सञ्चालनमा रहेको मध्यपुर अस्पतालले आफ्नो स्थापनाको १३ वर्षमा १३ करोडको लागतमा एमआरआई सेवा सञ्चालनमा ल्याएको अस्पताल सञ्चालक समितिका अध्यक्ष विष्णुराज कार्कीले जानकारी दिनुभयो ।
बिरामीको उपचार सेवालाई थप प्रभावकारी बनाउन र एमआरआई सेवाका लागि बिरामीले काठमाण्डौका विभिन्न अस्पतालमा भौँतारिन नपरोस् भनी सहुलियतमा सेवा दिने गरी एमआरआई मेसिन ल्याएर सेवा शुरु गरेको उहाँले बताउनुभयो ।
अस्पतालकी निर्देशक एवम् वरिष्ठ स्त्रीरोग विशेषज्ञ...