बिहीबार टर्कीमा रुस र युक्रेनका विदेशमन्त्रीबीच वार्ता हुने
रुस र युक्रेनबीच टर्कीमा उच्चस्तरीय तहमा वार्ता हुने भएको छ । टर्कीका विदेशमन्त्री मेभलुत चाभुशाव्लुका अनुसार बिहीबार (मार्च १०) मा टर्कीको अन्ताल्यामा दुई देशका विदेशमन्त्रीबीच वार्ताको कार्यक्रम तय भएको छ ।