काठमाण्डाै – अर्थमन्त्री जनार्दन शर्माले धरान उपमहानगरपालिकाको खानेपानीको समस्या समाधानका लागि आवश्यक सहयोग गर्न सङ्घीय सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
धरान उपमहानगरका मेयर हर्क साम्पाङसँग मङ्गलवार मन्त्रालयमा भएको भेटमा मन्त्री शर्माले आवश्यक प्राविधिक तयारी सकिएपछि खानेपानी आयोजना सम्पन्न गर्न आवश्यक पर्ने बजेट जुटाउन सङ्घीय सरकारले महानगरलाई सहयोग गर्ने आश्वासन दिनुभयो ।
भेटमा मन्त्री शर्माले मेयर साम्पाङ र उहाँको टिमले धरानका जनताको खानेपानीको समस्या समाधान गर्न गर्नुभएको जनपरि...