काठमाडौं : सरकारले तीनजना डिआइजीलाई एआईजीमा बढुवा गर्ने निर्णयविरुद्ध प्रतिस्पर्धी तीनजना डिआइजीले सर्वोच्च अदालतमा रिट हालेका छन्।मन्त्रिपरिषद्को आज बसेको बैठकले धीरजप्रताप सिंह, वसन्त पन्त र रविन्द्रबहादुर धानुकलाई एआइजीमा बढुवा गर्ने निर्णय गरेको थियो। सरकारको उक्त निर्णयविरुद्ध डिआइजीहरू ईश्वरबाबु कार्की, घनश्याम अर्याल र प्रकाशजंग कार्की सर्वोच्च पुगेका हुन्।तीनजनामध्ये कार्कीको रिट आजै दर्ता भएर आइतबार प्रारम्भिक सुनुवाईका लागि तोकिएको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले