विराटनगर-प्रदेश–१ कै सबैभन्दा पुरानो सरकारी अस्पतालका रुपमा रहेको कोशी अस्पतालमा अत्याधुनिक सुविधासम्पन्न नयाँ भवन निर्माण गरिएको छ ।१४ करोड १३ लाखभन्दा बढी लागतमा निर्मित स्त्रीरोग तथा प्रसूति विभागको भवनबाट सेवासमेत सुचारु गरिएको छ । पिपुल अफ द यूनाइटेड स्टाटस अफ अमेरिकाको आर्थिक सहयोगमा निर्माण गरिएको दुईतले भवनको स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले उद्घाटन गरे । […]