डडेल्धुरा : सुदूरपश्चिममा संघीय सरकारमातहत रहेको एक मात्र अस्पताल डडेल्धुरा अस्पतालमा ‘विस्तारित अस्पताल सेवा कार्यक्रम’ लागू भएको छ। यस कार्यक्रमअन्तर्गत बिरामीले थप शुल्क तिरे अतिरिक्त समयमा पनि उपचार पाउने भएका छन्।अपराह्न ४ देखि बेलुकी ७ बजेसम्म बिरामीले विस्तारित सेवामार्फत उपचार पाउने अस्पतालले जनाएको छ। यस सेवाका लागि बिरामीले एमडी चिकित्सकका लागि पाँच सय र एमबीबीएस चिकित्सकका लागि तीन सय ५० रुपैयाँ थप शुल्क तिर्नुपर्ने छ।‘विस्तारित अस्पताल सेवा कार्यक्रम’ लाग