‘ग्लोबल मनी विक’मा समृद्धि फाइनान्सको साक्षरता कार्यक्रम

काठमाडौं। ‘ग्लोबल मनी विक २०२४’ अन्तर्गत समृद्धि फाइनान्सले विभिन्न शाखामार्फत वित्तीय साक्षरता कार्यक्रम गरेको छ । संस्थाका बुटवल, कसाहा र बनेपा शाखामार्फत वित्तीय साक्षरता कार्यक्रम गरिएको हो । संस्थाको बुटवल शाखाले साधना महिला विद्यालयका ८६ जना विद्यार्थी, कसाहा शाखाले दिव्य शक्ति तरकारी खेती पकेट समूहका ४९ किसानलाई र बनेपा शाखाले काभे्र बहुमुखी क्याम्पसका ५३ जना विद्यार्थीलाई वित्तीय साक्षरता दिइएको हो । कार्यक्रममा अनावश्यक खर्चलाई कटौती गरेर बचतको बानी बसाल्न सके भविष्यको जीवनयापन सहज बनाउन सकिने जानकारी गराइएको थियो । सो अवसरमा विभिन्न डिजिटल बैंकिङ कारोबार तथा यसका अवसर र चुनौतीको विषयमा प्रस्तुतीकरण दिइएको थियो ।