कुहिने फोहरबाट मल बनाउन काठमाडौं महानगरले ‘कम्पोष्ट बिन’ उपलब्ध गराउने

काठमाडौं : काठमाडौं महानगरपालिकाले फोहर न्यूनीकरण अभियान थालेको छ।महानगरपालिकाकाले घरबाट निष्कासित हुने कुहिने फोहरबाट कम्पोष्ट मल बनाउनका लागि कम्पोष्ट बिन उपलब्ध गराउने भएको हो। महानगरले फोहर न्यूनीकरणका लागि यस्तो अभियान थालेको जनाएको छ। महानगरको वातावरण विभागले सूचना जारी गर्दै फोहर न्यूनीकरणमा सहयोगका लागि बिन वितरण गर्न लागिएको जनाएको छ। त्यसका लागि महानगरपालिकाको वातावरण तथा कृषि विभागमा सम्पर्क गर्न भनेको छ। एउटा बिनका लागि १५ सय रुपैयाँ लाग्ने  छ। महानगरले कुहिने र न