जनकपुरको मौलिक परिकार बगिया कसरी बनाइन्छ भन्ने चासो धेरैमा हुने रहेछ ।
धनुषा जिल्लाको एक धार्मिक शहर जनकपुरमा निकै लोकप्रिय यो परिकार पहाडी र हिमालीहरूले पनि खुब खोजीखोजी खान थालेका छन् ।
बगिया बफ्याएर पकाइने हुँदा स्वास्थ्यका हिसाबले पनि फाइदाजनक मानिएको छ । नेवार समुदायको लोकप्रिय परिकार योमरी जसरी नै बनाउने भए तापनि जनकपुरको बगियाको अलि भिन्न स्वाद हुन्छ र छुट्टै विशेषता छ । योमरीभन्दा फरक आकार र भर्ने चिजहरू पनि फरक हुन्छ बगियामा ।
चिसो मौसममा बनाइने यो परिकार विशेष गरी घरमा बच्चा जन्मिँ...