विराटनगर महानगरपालिका वडा नम्बर १२ को मतगणना पुनः सुरु भएको छ । यसअघि १३ वटा मतपत्रमा मतदान अधिकृत हस्ताक्षर नभएको पाइएपछि एमालेले विरोध गर्दै गणना बहिष्कार गरेको थियो । समस्या समाधानको लागि मुख्य निर्वाचन अधिकृतले सबै दललाई छलफलमा बोलाएर निर्वाचन कानून अनुसार हस्ताक्षर नभएको मतपत्र रद्ध हुने बताएपछि एमाले पछि सरेको हो ।विराटनगर १२ मा ६ हजार १४९ मत खसेको थियो । ३२ सय २४ मत गन्दा १३ वटा मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभेटिएपछि विवाद भएको थियो । १३ मध्ये ८ वटा एमालेको सूर्य चिन्हमा, २ वटा काँग्