बेलायतमा कोरोना संक्रमणका कारण हुने दैनिक मृतक संख्या ७ महिनायताकै उच्च कायम भएको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार गएको २४ घन्टामा २२३ जना कोरोना संक्रमितको मृत्यु भएको हो । यो संख्या गत मार्च ९ तारिख पछिकै सबैभन्दा बढी हो ।यससँगै बेलायतमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या एक लाक ३८ हजार ८५२ पुगेको छ । एक साताभित्र ९११ जना संक्रमितको मृत्यु भएको छ, जुन संख्या अघिल्लो हप्ताको तुलनामा १४.६ प्रतिशतले बढेको हो । राष्ट्रि