सिद्धार्थ इन्स्योरेन्सद्वारा बीमा दाबी भुक्तानी

काठमाडौं (अस) । सिद्धार्थ इन्स्योरेन्सले सोलखुम्बुस्थित खुम्बु पासाङल्हामु गाउँपालिकामा रहेको पिसफुल लजमा भएको आगलागीको क्षतिबापतको बीमा दाबी रकम २ करोड ६० लाखको चेक हस्तान्तरण गरेको छ । उक्त लजमा गत असोज २ गते आगलागी भएको थियो । बीमा रकम कम्पनीका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र बैदवार क्षेत्रीले लज सञ्चालक कुसाङ शेर्पालाई हस्तान्तरण गरे । यसअघि ०७२ भूकम्पबाट भएको क्षतिबापत सल्लेरी र नाम्चे क्षेत्रका बीमितलाई बीमा दाबी भुक्तानी गरिएको कम्पनीले बताएको छ । चालू आव ०७८/७९ सम्म कम्पनीले ६०९७ दाबी फस्र्योट गरिएको जनाएको छ ।