काठमाडौं : फिलिपिन्समा आइतबार आएको आँधीमा मृत्यु हुनेको संख्या ३७५ पुगेको छ।करिब १९५ किलोमिटर प्रतिघण्टाको गतिमा आएको राई आँधीले देशका दक्षिणपूर्वी टापुहरूमा ठोक्किएपछि झण्डै ४ लाख मानिस प्रभावित भएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ।स्थानीय प्रहरीका अनुसार आँधीमा परी कम्तीमा ५०० जना घाइते भएका छन् भने ५६ जना अझै बेपत्ता छन्।राहत टोलीहरूले प्राकृतिक विपत्तिका दृश्यहरूलाई पूर्ण नरसंहार भनेर वर्णन गरिरहेका छन्। तर, कतिपय क्षेत्रबाट सञ्चार अवरुद्ध भएकाले क्षतिको यकिन मात्रा पत्ता लगाउन अझै कठ