उपत्यकामा होली सुरक्षा : सडकमा कडा चेकिङ, तस्वीरहरू

काठमाडौं : महानगरीय ट्राफिक प्रहरी महाशाखाले रङहरूको पर्व होलीलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन आग्रह गरेको छ। काठमाडौं उपत्यकाको तीनै जिल्लामा १३०० भन्दा बढी ट्राफिक प्रहरी खटाई ट्राफिक व्यवस्थापन कडा गरिनुका साथै विभिन्न नाकासहित ६८ स्थानमा विशेष चेकजाँचको व्यवस्था मिलाएको महाशाखाले जनाएको छ। बिहानैदेखि मापसे परीक्षण कडाइका साथ सुरु गरिएको छ।उच्छृङ्खल तथा अवाञ्छित तरिकाले सवारी साधनको प्रयोग गर्ने, तिव्र गति र जिकज्याक गरि मोटरसाइकल चलाउने, मादक पदार्थ सेवन गरी मोटरस