रुकुम पश्चिममा चिसोले दुई भूकम्पप्रभावितको मृत्यु

सुर्खेत : चिसोका कारण रुकुम पश्चिमका भूकम्पप्रभावित दुईजनाको मृत्यु भएको छ। जिल्लाको आठबिसकोट नगरपालिका १४ पिपलचौरका ६२ वर्षीय खगीजैसी र ६४ वर्षीय टिके जैसीको चिसोका कारण मृत्यु भएको हो। स्थानीय मनसुरी खड्काका अनुसार भूकम्पका कारण घर भत्किएपछि त्रिपालमुनि बसिरहेका सामान्य अवस्थाकी खगीको मंगलबार अपराह्न ५ बजेतिर ज्यान गएको र अर्का दमका रोगी टिकेको आइतबार राति साढे ९ बजेतिर मृत्यु भएको हो।गत कात्तिक १७ गते बारेकोट गाउँपालिका ०१ रामीडाँडालाई केन्द्रविन्दु बनाएर गएको ६.४ रेक्टरस्कलको भूकम्