व्यास गाउँपालिका–२ मालघाटमा गत शुक्रबार भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले तुइन फुकालेका कारण महाकालीमा स्थानीय युवक बेपत्ता भएको घटना छानबिनका लागि गृह मन्त्रालयबाट गठित समितिको टोली बिहीबार भारततर्फको घटनास्थल पुगेर फर्किएको छ । नेपालतर्फको घटनास्थल मालघाट पुग्न सदरमुकामबाट हिँडेर अढाई दिन लाग्ने भन्दै हेलिकप्टर माग गरिएको छ ।