प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणामाथि छानविनका लागि बनेको महाभियोग सिफारिस समितिको बैठक बसेको छ । बुधबार संसद भवन नयाँ बानेश्वरमा सभामुख अग्नि सापकोटाको पहलमा उपसभामुख पुष्पा भुसालसहित समितिका सदस्यहरुको बैठक बसेको हो । प्रतिनिधिसभाको बैठकअघि सभामुख र समिति सदस्यहरूबीच छलफल भएको हो । समिति कसरी अगाडि बढ्ने विषयमा छलफल भएको र आजको बैठकबाट समितिको सभापति तोक्ने एजेण्डा नरहेको सिफारिस समितिका सदस्य रहेका सांसद कृष्णभक्त पोखरेलले रातोपाटीलाई जानकारी दिए । उनले भने– ‘सभामुखले