प्रधानमन्त्री देउवा भन्छन् – जातीय विभेद तथा छुवाछुत मानव समाजका कलङ्क हुन्

उनले जातीय विभेद तथा छुवाछुत मानव समाजको कलङ्क भएको उल्लेख गर्दै २१ औँ शताब्दीमा कोही पनि मानिस जातीय विभेद र छुवाछुतबाट अपहेलित र अपमानित हुन नहुने बताएका छन् ।

सम्बन्धित सामग्री

जातीय विभेद तथा छुवाछुत मानव समाजका कलङ्क हुन्ः प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले ५७औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसको अवसरमा जातीय विभेद उन्मूलनका लागि सङ्घर्ष गर्नुहुने सम्पूर्ण अधिकारकर्मी, योद्धा तथा अग्रजहरूप्रति सम्मान व्यक्त गरेका छन् ।