चिनियाँ सेनाले अमेरिकी जलसेनाको विमानवाहक युद्धपोत तथा युद्धपोतको नक्कली प्रारूप बनाएर त्यसलाई तारो बनाउने युद्ध अभ्यास थालेको युनाइटेड स्टेट्स नेभल इन्स्टिच्युट (यूएसएनआई) ले जानकारी दिएको छ ।
म्याक्सार भूउपग्रहीय तस्वीरको विश्लेषण गरेर उक्त संसथाले यसको जानकारी दिएको हो ।
सिन्च्याङ प्रान्तमा फोर्ड क्लास विमानवाहक युद्धपोतको प्रारूप तयार पारेको तस्वीरमा देखिन्छ । अनि उसले आर्ले बर्क क्लास गाइडेड मिसाइल डिस्ट्रोयरको आकार पनि ताक्लाकमान मरुभूमिमा बनाएर टार्गेट प्राक्टिस गर्न थालेको देखिन्छ ।
उक्त परिसरमा चीनले प...